रित्तिँदै गाउँ, भरिँदै सहर

काठमाडौं । नेपालमा गाउँको जनसङ्ख्या तीव्र रूपमा घटेको एक प्रतिवेदनले देखाएको छ । जनगणना २०७८ अन्तर्गत ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनले जनसंख्याका आधारमा गाउँहरु रित्तिँदै र सहरी क्षेत्र भरिँदै गएको देखाएको हो ।

प्रतिवेदन अनुसार पछिल्लो १० वर्षको अवधिमा ग्रामीण जनसंख्या ५.३१ प्रतिशत विन्दुले घटेको छ । वि.संस २०६८ मा ग्रामीण क्षेत्रमा बसोबास गर्नेको संख्या ३८.५ प्रतिशत रहेकोमा २०७८ आइपुग्दा घटेर ३३.१९ प्रतिशतमा झरेको छ ।

यही अवधिमा सहर तथा सहरोन्मुख जनसंख्या भने तीव्र गतिमा बढेको प्रतिवेदनले देखाएका छ । २०६८ मा शहरी जनसङ्ख्या २२.३१ प्रतिशतबा रहेकोमा २०७८ आइपुग्दा २७.०७ पुगेको छ । त्यसैगरी, शहरोन्मुख जनसङ्ख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको देखिन्छ।

विशेषताका आधारमा शहरोन्मुख क्षेत्र भए पनि ‘शहरी’ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठूलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसारको विश्लेषणले ग्रामीण जनसङ्ख्या पहाडमा (६६ प्रतिशत) र हिमालमा (१६ प्रतिशत) केन्द्रित भएको देखाएको छ। शहरोन्मुख जनसङ्ख्या तराई क्षेत्रमा (८५ प्रतिशत) र पोखरा महानगरपालिका र काठमाडौँका उपत्यका कारण असन्तुलित हुँदै शहरी जनसङ्ख्या पहाडमा (५३ प्रतिशत) र त्यसपछि तराईमा (३९ प्रतिशत) केन्द्रित भएको देखिएको छ।

स्थानीय तह अनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरूको २४१२ वडाडमा ५८ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ, जबकि अधिकतर शहरोन्मुख (६६४ वडाहरू) क्षेत्रमा ३६.१ प्रतिशत र शहर (१३९ वडाहरू)मा ५.९ प्रतिशत जनसङ्ख्या रहेको देखिन्छ। त्यस्तै, नगरपालिकाहरूको २८.४ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा (५९१ वडाहरू), बहुसङ्ख्या करिब ४६ प्रतिशत शहरोन्मुख क्षेत्रमा (१२८५ वडाहरू) र अझै पनि २५.४ प्रतिशत (१२४४ वडाहरू)ग्रामीण क्षेत्रमा रहेको देखिन्छ।

उपमहानगरपालिकाहरूमा पनि ३९ प्रतिशत जनसङ्ख्या शहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत शहरी वर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ। महानगरपालिकाहरूमा १७ प्रतिशत शहरोन्मुख क्षेत्र छ र २.३ प्रतिशत ग्रामीण विशेषताको तथा ८०.७ प्रतिशत शहरी क्षेत्र छ।

 

 

एकैपटक ७२ ठाउँको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक (सूचीसहित) Read Previous

एकैपटक ७२ ठाउँको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक (सूचीसहित)

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा उच्च अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट