भारतबाट थोरै बढेर आयो पेट्रोलको भाउ, निगमले बढाएन

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले निगमलाई आइतबार नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ थोरै बढेर आएको छ भने डिजेल र खाना पकाउने ग्यासको घटेर आएको छ ।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ४१ पैसा बढेर आएको छ भने डिजेलको १२ पैसा र खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर २० पैसा घटेर आएको छ ।

भारतबाट थोरै घट/बढ भएर आएकाले यसपटक मूल्य समायोजन नगरी पुरानै मूल्य यथावत राखिएको निगमले जनाएको छ

निगमका अनुसार काठमाडौमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल १५७ रुपैयाँ छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ छ । ग्यासमा प्रतिसिलिण्डर ३००.१४ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

बजारीकरण गर्न इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव Read Previous

बजारीकरण गर्न इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव

निर्जीवन बीमा व्यवसाय : बीमा शुल्क संकलन घट्यो, पोलिसी संख्या बढ्याे Read Next

निर्जीवन बीमा व्यवसाय : बीमा शुल्क संकलन घट्यो, पोलिसी संख्या बढ्याे