हल्लाकोपछि नलागी करेन्ट चाउचाउ बेच्न डिलरलाई आग्रह

काठमाडौं । यशोदा फुड्स प्रालिले बजारमा आएका भ्रामक समाचारको पछि नलागी करेन्ट चाउचाउको नियमित बिक्री वितरण गर्न आग्रह गरेको छ ।

सीजी फूड्सले अदालतले करेन्टको बिक्री वितरणमा रोक लगाएको भन्दै फैलाएको भ्रममा सत्यता नरहेकाले नियमित रुपमा करेन्ट चाउचाउ बिक्री गर्न व्यापारी तथा डिलरहरूलाई अनुरोध गरेको हो ।

सीजीले यशोदाले वाइवाइको ट्रेडमार्क चोरी गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश दिएको थियो । त्यस विषलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको भन्ने भ्रम फैलाइएकाले त्यसमा सत्यता नरहेको कम्पनीको भनाइ छ ।

सीजीले उद्योग विभागमा समेत ट्रेडमार्क चोरी भएको भन्दै उजुी दिएको थियो । सीजीको उक्त उजुरीको दाबी नपुग्ने र यशोदाले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी उद्योग विभागबाट २०८० जेठमा २९ मा फैसला भएको कम्पनीले स्मरण गराएको छ । विभागको सो निर्याय विरुद्ध सीजी कानुनी उपचारमा गए पनि अदालतले ट्रेडमार्कका हकमा भएको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुङ्गो लाग्न बाँकी रहेको भन्दै मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनेको थियो ।

यशोदा फुड्स नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजबल्स तथा स्न्याक्स उत्पादन गर्ने नेपालकै प्रतिष्ठित कम्पनी हो । कम्पनीका उत्पादनहरू नेपालमा मात्र नभई भारत, अमेरिका, जापान, कोरिया, युरोपेली मुलुकहरू, अफ्रिकी मुलुकहरू लगायत विश्वभरका थुप्रै मुलुकमा उल्लेख्य मात्रमा बिक्री वितरण भइरहेका छन् ।

कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नं. ०५६९३९, ०५६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्त समेत गरिसकेको छ । कम्पनीले लामो समयको अनुसन्धान तथा विकासमा ठूलो धनराशी लगानी गरेर उच्च गुणस्तरीय उत्पादन बजारमा पठाउन सफल भएको छ ।

फूडमाण्डुको 'न्यू इयर फिस्ट’ अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३० प्रतिशतसम्म छुट Read Previous

फूडमाण्डुको 'न्यू इयर फिस्ट’ अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३० प्रतिशतसम्म छुट

कुलेखानी जाने मातातीर्थ र फाखेल–फर्पिङ सडक २ महिना बन्द हुने Read Next

कुलेखानी जाने मातातीर्थ र फाखेल–फर्पिङ सडक २ महिना बन्द हुने