काठमाडौं । नेपालको लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ‘न्यू इयर फिस्ट’ अफर ल्याएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२४ लाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत ग्राहकले काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट पाउने छन् ।
साथै ग्राहकले हरेक दिन फरक–फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ।
फूडमान्डुका ब्रान्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले या अफरबाट ग्राहकले भरपुर फाइदा निसक्ने बताइन् । ‘हाम्रा ग्राहकहरूलाई ध्यानमा राख्दै अंग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरू ल्याएका छौं । हामीलाई आशा छ हाम्रा ग्राहकहरूले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ,’ उनले भनिन् ।
यो अफर माघ १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।