वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीले पाउने डलर सटही सुविधाको सीमा बढाएको छ ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा ५०० डलरसम्म पुर्याएको हो ।

राष्ट्र बैंकका अनुसार अब जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेले अधिकतम ५०० डलरसम्म साट्न पाउने छन् । यी बाहेकका मुलुकमा जानेले अधिकतम २०० डलरसम्म सटही सुविधा पाउने छन् । यसअघि सबै मुलुकमा जानेले समान २०० डलर साट्न पाउँथे ।

राहदानी सुविधाबापत सटही माग गर्न आउने निवेदकहरूले कन्फम्र्ड हवाई टिकट तथा नाम, ठेगाना र फोटो समेत भएको एवम् अग्रिम भिसा आवश्यक पर्ने अवस्थामा भिसा प्राप्त राहदानीको पृष्ठको फोटोकपि पेश गरी डलर साट्न सक्नेछन् । तर, विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भइआएको आधारमा सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, उच्च शिक्षा हासिल गर्न क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरुमा जानेले १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । यसअघि यस्तो मुलुकहरुका लागि १० हजार डलरसम्मको सटही सुविधा रहेको थियो ।

विदेशी वस्तु आयातमा राष्ट्र बैंकको लचकता, भुक्तानी सीमा बढायो Read Previous

विदेशी वस्तु आयातमा राष्ट्र बैंकको लचकता, भुक्तानी सीमा बढायो

ढलान गर्ने तयारी गरिएको मोटरेबल पुल भत्कियो Read Next

ढलान गर्ने तयारी गरिएको मोटरेबल पुल भत्कियो