विदेशी वस्तु आयातमा राष्ट्र बैंकको लचकता, भुक्तानी सीमा बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी वस्तु आयातमा लचकता अपनाएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै तेस्रो मुलुकबाट सामान आयातको भुक्तानी सीमा बढाएको हो ।

राष्ट्र बैंकले डलर भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकका एउटै निर्यातकर्ताबाट प्रतीतपत्र (एलसी)बाहेक (डकुमेन्ट्स एगेन्स्ट पेमेन्ट तथा डकुमेन्ट्स एगेन्स्ट एसेप्टेन्स)को माध्यमबाट ६० हजार डलरसम्मको वस्तु आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि ५० हजार डलरसम्मको सामान ल्याउन पाइन्थ्यो ।

एउटै निर्यातकर्ताबाट पटक पटक सामान आयात ६० हजार डलरको सीमा भित्र रहनु पर्ने भए पनि ७ दिन नाघ्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, भारतीय निर्यातकर्ताबाट सामान आयात गर्दा ३ करोड भारुसम्मको ल्याउन पाइने व्यवस्था गरेको छ ।

मानवीय त्रुटिले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको निष्कर्ष Read Previous

मानवीय त्रुटिले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको निष्कर्ष

वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने Read Next

वैदेशिक रोजगारीमा जानेले अब ५०० डलरसम्म साट्न पाउने