ठेक्का अलपत्र पार्ने विदेशीसहित चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकार ठेक्का सम्झौता अनुसार काम नगर्ने थप चार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै एक भारतीयसहित चार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो । कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार भारतको पश्चिम बंगालको एमपी सितानी एन्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई ३ वर्ष र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चरलाई २ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

यी कम्पनीहरुलाई पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा र पाेखरा महानगरपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

किलोको ३०० रुपैयाँसम्म पाउने भएपछि सुन्तला खेती मासेर एभोकाडो लगाउँदै किसान Read Previous

किलोको ३०० रुपैयाँसम्म पाउने भएपछि सुन्तला खेती मासेर एभोकाडो लगाउँदै किसान

हिमालय एयरलाइन्सद्धारा काठमाडौं-ल्हासा सिधा उडान सुरू Read Next

हिमालय एयरलाइन्सद्धारा काठमाडौं-ल्हासा सिधा उडान सुरू