काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको ल्हासा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले आजदेखि काठमाडौं-ल्हासा-काठमाडौं उडान सुरु गरेको हो ।
हिमालयनको जहाज आज बिहान ८ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासातर्फ उडेको हो । यससंगै हिमालय नेपालबाट ल्हासा उडान गर्ने पहिलो विदेशी एयरलाइन्स कम्पनी बनेको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १ देखि) उक्त रुटमा हरेक सोमबार उडान गर्ने एयरलाइन्सले जनाएको छ ।
चीनमा हिमालय एयरलाइन्सको यो छैटौं उडान गन्तव्य हो । हिमालयले हाल चीनको कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङमा नियमित उडान गरिरहेको छ ।
काठमाडौं-ल्हासा उडान शुभारम्भका अवसरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती कम्पनीले सेवा विस्तारलाई दुई देशबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्ध प्रवर्धन गर्ने बताए ।