काठमाडौं । सिभिल बैंकले पुस ६ गते, आइतबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा बैंकले गत वर्षको नाफाबाट वितरण गर्ने ६.५७ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी एजेन्डा पनि पेश गर्ने भएको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २३ गतेलाई बुकक्लोज मिति तोकेको छ । मंसिर २२ गतेसम्म कायम रहने सेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
