पोखरा-मुग्लिन सडकको डुम्रे-छिर्कन खण्ड कालोपत्रको चरणमा

muglin-pokhara-road

तनहुँ । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकअन्तर्गत डुम्रे-छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ । बन्दीपुर-१ नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो ।

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए । आँबुखैरेनी खण्डमा करिब २ किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ ।

पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए ।

सूर्यज्योति लाइफको मर्जरको एक वर्ष पूरा, व्यवसायिक सफलता हात पार्दै Read Previous

सूर्यज्योति लाइफको मर्जरको एक वर्ष पूरा, व्यवसायिक सफलता हात पार्दै

राधी र सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा Read Next

राधी र सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा