सूर्यज्योति लाइफको मर्जरको एक वर्ष पूरा, व्यवसायिक सफलता हात पार्दै

काठमाडौं । जीवन बीमा कम्पनीमा पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ।

सूर्यज्योति लाइफले मर्जरको एक वर्षको आफूलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको छ । एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरु र ग्राहक मैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ।

मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार सुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ। यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ।

कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ। चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना बीमितहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरि सकेको छ।

जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमा समेत उभिएको छ। कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशै भरि करिव ९४ हजार अभिकर्ता सूर्यज्योति लाइफमा आबद्ध छन् ।

बजारको आवश्यकता र नवीनतम सोच अनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यो कम्पनीले हालै कम प्रिमियममा नै ठूलो बीमा गर्न सकिने र ७० वर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाए पछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

बीमाङ्की मूल्या‌कन , विस्तृत लेखा परीक्षण र साधारण सभापछि यी दुवै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो ।

नेपालमै आइएसओ ९००१२०१५ गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सूर्यज्योति लाइफ बन्न सफल भएको छ।

सरकारले गर्‍यो उखु कृषकलाई अनुदान बापतकाे ८० करोड भुक्तानी Read Previous

सरकारले गर्‍यो उखु कृषकलाई अनुदान बापतकाे ८० करोड भुक्तानी

पोखरा-मुग्लिन सडकको डुम्रे-छिर्कन खण्ड कालोपत्रको चरणमा Read Next

पोखरा-मुग्लिन सडकको डुम्रे-छिर्कन खण्ड कालोपत्रको चरणमा