काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप दुई हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।
आइतबार राधी जलविद्युत् कम्पनी र सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।
राधीले गत वर्षको नाफबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश पारित गर्न पुस २९ गते आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ।
त्यसैगरी, सुपर मादीले गत वर्षको नाफाबाट करब बाहेक २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
दुवै कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।