काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।
नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध छ । जसको बजार मूल्य प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३०० रुपैयाँ रहेको छ ।
उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ्ग भइरहेको छ । यो फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।