माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन्।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई अर्को कार्यकाल (थप ४ वर्ष)का लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।

कोइरालाको बैंकमा पहिलो कार्याकाल सकिन ३ महिना बाँकी छँदै संचालक समितिले पुनः थप गरेको हो । उनले २०७७ वैशाख १ गतेदेखि बैंकको सीईओ सम्हालेका थिए । त्यअघि उनी बैंककै डेपुटी सीईओका रुपमा कार्यरत थिए ।

कोइरालासँग साढे २ दशक लामो बैंकिङ क्षेत्रमा कामा गरेको अनुभव छ । उनको पहिलो कार्यकालमा माछापुच्छ्रे ले वित्तीय सूचक र डिजिटल बैंकिङमा समेत फड्को मारेको बैंकले जनाएको छ ।

नेपालमै पहिलोपटक बसोबास रियलस्टेट मेला हुँदै, प्रपर्टी खरिदमा १ करोडसम्म छुट Read Previous

नेपालमै पहिलोपटक बसोबास रियलस्टेट मेला हुँदै, प्रपर्टी खरिदमा १ करोडसम्म छुट

करेन्टकाे ओरिएन्टल फ्लेभर नुडल्स बजारमा, भाटभटेनीमा सित्तैमा चाख्न पाइने Read Next

करेन्टकाे ओरिएन्टल फ्लेभर नुडल्स बजारमा, भाटभटेनीमा सित्तैमा चाख्न पाइने