काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले विभिन्न पदमा ६७ जनाका लागि आवेदन माग गरेको हो ।
राष्ट्र बैंकले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदमा १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, सहायक द्वितीय श्रेणी सहायक पदमा २० जना, सूचना प्रविधितर्फ प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ।
इच्छुक आवेदकले पुस २६ गते (दोब्बर दस्तुर तिरेर माघ ४ गते)सम्म अनलाइनमार्फत आवेदन दिनसक्ने छन् । अधिकृत तृतीय श्रेणीको लागि १ हजार, सहायक द्वितीय श्रेणीका लागथि ८०० रुपैयाँ दस्तुर तोकिएको छ ।
