काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।
भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।
बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ ।
बैंकले हाल देशका सतहत्तरै जिल्लाका ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।