काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा व्यापार घाटा करिब ९ प्रतिशतले घटेको छ । कात्तिक मसान्तसम्ममा ४ खर्ब १४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ।
गत आर्थिक वर्ष २०७५/७६ को चार महिनामा ४ खर्ब ५४ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो ।गत वर्षको यसै अवधिको तुलनमा व्यापार घाटा ८.९ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चालू आवमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षमा सो अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको थियो । भन्सार विभागको तथ्यांक अनुसार गत आवको तुलनामा यो आवमा ७ प्रतिशतले आयात घटेको हो ।
चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामग्री नेपालबाट निर्यात भएको छ । गत आर्थिक वर्षको चार महिनामा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्षको चार महिनामा २४ प्रतिशतले निर्यात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।