‘अनियन्त्रीत मिसाइल’ बनेका मोदीलाई अर्थतन्त्रको धक्का

हिन्दूत्वको भित्री चाहनालाई तीव्र आर्थिक विकास र संंबृद्धिको आकर्षक नाराले चतुरतापूर्वक छोपेर भारतीय राजनीतिको शिखरमा पुगेका ‘अनियन्त्रीत मिसाइल’ जस्ता नरेन्द्र मोदीको लुङ्गी विस्तारै फुस्कदै जान थालेको छ । भारतीय अर्थतन्त्र पछिल्लो केही दशककै गहिरो एंव सघन संटकमा फस्दै जान थालेपछि उनको विकासे लुङ्गी फुस्कन थालेको हो ।

 

अहिले भारतको आर्थिक बृद्धिदर विगत ६ वर्षकै सबैभन्दा न्यून रहेको छ । भारतको आर्थिक बृद्धिदर १ वर्षको अन्तरालमै ८ प्रतिशतबाट झरेर ५ प्रतिशतमा आइपुगेको छ ।

 

अब छिट्टै जारी हुने नयाँ आर्थिक बृद्धिदरका सूचकहरु ५ प्रतिशत भन्दा पनि तल खस्किने अर्थशास्त्रीहरुको अनुमान छ । भारतमा तीन क्षेत्रहरु कृषि, निर्माण र अटो क्षेत्रमा त संकट नै आएको छ । र, यिनैले आर्थिक सुस्ततालाई थप मलजल गरेका छन् ।

 

कुनै समय भारतको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान १२ प्रतिशत थियो, जुन अहिले ६.१ प्रतिशतमा झरेको छ । किसानहरु विभिन्न बाली नालीकाबीच भड्की रहेका छन् । यो रोपेर हुन्छ की भन्यो, उ रोपेर हुन्छ की भन्यो । तर, उनीहरुले आफ्नो यस्तो अथक प्रयासको फल पाउन सकेका छैनन् ।

 

कुनै पनि देशको आर्थिक विकासको इतिहास हेर्ने हो भने त्यहाँ ठूलो जनशक्ति कृषिबाट निर्माण क्षेत्र तर्फ सरेका हुन्छन् । ती देशहरुले यसलाई राम्रो व्यवस्थापन गरेका हुन्छन् । किनभने निर्माण क्षेत्रले ठूलो संख्यामा अदक्ष र अर्धदक्ष रोजगारी सृजना गर्ने क्षमता राख्दछ । तर, यो भारतमा हुन सकिरहेको छैन । घरजग्गा र निर्माणको क्षेत्र भद्रगोलको स्थितिमा छ ।

 

भारतमा निर्माण उद्योग निरन्तर खस्किरहेको छ । बिगत १ दशकमा निर्माण उद्योगको बृद्धिदर १२.८ प्रतिशतबाट ५.७ प्रतिशतमा झरेको छ । भारतका ठूला निर्माण कम्पनी र मानिसहरुले घर तथा अपार्टमेन्ट किन्नै हिच्किचाउन थालेको बताउने गरेका छन् । र, यो क्षेत्रको सुस्तताको प्रभावले समग्र अर्थतन्त्रलाई नै गाँजेको छ । स्टिल, सिमेन्ट, एल्युमिनियम इत्यादिका सैयौं कम्पनीहरु अत्यन्तै कम मागले दिएको चुनौतिको सामना गर्न सक्ने स्थितिमा छैनन् ।

 

अटो क्षेत्रको बिक्री पनि नाटकिय ढंगले तल झरेको छ । अटो क्षेत्रकाे जीडीपी याेगदान ५.१ प्रतिशतबाट ३.२ प्रतिशतमा आएको छ । प्यासेन्जर गाडीको बिक्री १२ वर्षकै कम रहको छ । विगत १ वर्षमा यो क्षेत्र शिथिल बनेको छ । वित्तीय समस्या र आर्थिक उपलब्धता प्रमुख समस्याका रुपमा रहेका छन् । गाडी किन्ने मानिसहरुको मनोविज्ञान पनि कमजोर भएको अवस्था छ ।

 

बेरोजगारी विगत ४५ वर्षकै उच्च ६.१ प्रतिशत पुगेको छ । मानिसहरु आफ्नो आर्थिक भविष्यको बारेमा आत्मविश्वासी देखिदैनन् । आफ्ना उपभोग्य वस्तुहरु घटाउँदै लगेका छन् । र, आर्थिक सुस्तताका मनोविज्ञान दह्रोसँग स्थापित भएको आम मानिसहरुका बीच । एजेन्सीको सहयोगमा

व्यापार घाटा ९ प्रतिशतले घट्यो Read Previous

व्यापार घाटा ९ प्रतिशतले घट्यो

थप ५ नयाँ ट्रेकिङ रुटको अध्ययन गर्दै टान, जनवरीबाट संचालनमा ल्याइने Read Next

थप ५ नयाँ ट्रेकिङ रुटको अध्ययन गर्दै टान, जनवरीबाट संचालनमा ल्याइने