उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल ९५ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ ताकेको हो ।

सरकारकी प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रतिक्विन्टल ६३५ रुपैयाँमध्ये उद्योगले ५६५ रुपैयाँ र सरकारले अनुदान बापत ७० रुपैयाँ उपलब्ध गराउने छ ।

गत आवको तुलनामा यस वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ९५ रुपैयाँ बढेको हो । गत वर्ष प्रतिक्विन्टल ५४० रुपैयाँ निर्धारण गरिएको थियो । किसानले भने यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारण गर्न माग गरेको थिए ।

नेप्सेमा एकैपटक ३ कम्पनीको आइपीओ सूचीकृत, कुनको ओपन रेन्ज कति ? Read Previous

नेप्सेमा एकैपटक ३ कम्पनीको आइपीओ सूचीकृत, कुनको ओपन रेन्ज कति ?

मौद्रिक नीति समीक्षापछि नेप्सेमा २९० अंकको फड्को, १ वर्ष यताकै धेरै कारोबार Read Next

मौद्रिक नीति समीक्षापछि नेप्सेमा २९० अंकको फड्को, १ वर्ष यताकै धेरै कारोबार