काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेमा भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ सूचीकृत भएको हो ।
तीनै कम्पनीले संस्थापक र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् । नेप्सेका अनुसार भिजन लुम्बिनीको प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ९१ लाख २५ हजार कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले कम्पनीकोे पहिलो कारोबारका लागि न्यूनतम १२१.७८ रुपैयाँदेखि अधिकतम ३६५.३४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । VLUCL संकेत चिह्नमा यसको कारोबार हुनेछ ।
यस्तै, चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १००.०१ रुपैयाँदेखि अधिकतम ३००.०३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले CKHL संकेत चिह्न प्रदान गरेको छ ।
यसैगरी, नेपाल वेयरहाउजिङको प्रतिकित्ता १०० रुपैयाँ दरले ६८ लाख ७५ हजार कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ९३.०४ रुपैयाँदेखि अधिकतम २७९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले NWCL संकेत चिह्न प्रदान गरेको छ ।
नेप्सेमा सूचीकरण भएसँगै बिहीबारदेखि तीनै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।