सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । यस विषयमा मङिसर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो ।

न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।

लुफ्थान्सा एयरलाइन्सले १२ खर्बको जहाज किन्दै, एयरबस र बोइङका ४०/४० वटा अर्डर Read Previous

लुफ्थान्सा एयरलाइन्सले १२ खर्बको जहाज किन्दै, एयरबस र बोइङका ४०/४० वटा अर्डर

नेप्सेमा एकैपटक ३ कम्पनीको आइपीओ सूचीकृत, कुनको ओपन रेन्ज कति ? Read Next

नेप्सेमा एकैपटक ३ कम्पनीको आइपीओ सूचीकृत, कुनको ओपन रेन्ज कति ?