खानेपानी संस्थानले खुलायो ६१ जनाका लागि जागिर

काठमाडौं । नेपाल खानेपानी संस्थानले विभिन्न पदमा गरी ६१ जना कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै संस्थाले करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी संस्थानले दरखास्ता आह्वान गरेको छ।

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा द्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ ।

संस्थानले जुनियर प्लम्बर ९ जना, असिस्टेन्ट पम्प अपरेटर ४ जना, प्लान्ट एटेन्डेन्ट १ जना र ल्याब ब्वाइ ३ जना मागेको छ।

यस्तै, लाइट ड्राइभर ५ जना, हेल्पर १६ जना र कार्यालय सहयोगी २३ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

माग भएको पदमध्ये जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइका लागि ८ कक्षा पास भएको शैक्षिक योग्यता र कम्तीमा ३ महिनाको तालिम लिएको वा साधारण लेखपढ गर्न जान्ने भइ सम्बन्धित काममा ३ वर्षको अनुभव प्राप्त हुनुपर्ने संस्थानले जनाएको छ।

यस्तै, लाइट ड्राइभरका लागि नेपाली भाषा लेखपढ गर्न जान्ने भइ हलुका सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ । संस्थानले प्रथम पटक सूचना प्रकाशित मिति (४ पुस गते)देखि ३० दिनभित्र दरखास्त दिइसक्नुपर्ने जनाएको छ।

१४० मेगावाटको तनहुँ जलविद्युतको मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा Read Previous

१४० मेगावाटको तनहुँ जलविद्युतको मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा

लुफ्थान्सा एयरलाइन्सले १२ खर्बको जहाज किन्दै, एयरबस र बोइङका ४०/४० वटा अर्डर Read Next

लुफ्थान्सा एयरलाइन्सले १२ खर्बको जहाज किन्दै, एयरबस र बोइङका ४०/४० वटा अर्डर