काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप चार कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
बुधबार चन्द्रागिरि हिल्स, हिमालयन बैंक, ज्योति विकास बैंक र सीवाइसी नेपाल लघुवित्तले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् ।
चारै कम्पनीको पुस ३ गते बसेको संचालक समितिले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । चन्द्रागिरिले हालसम्म लाभांश दिएको छैन भने अरु कम्पनीले विगतका वर्षहरुमा लाभांश दिँदै आएका थिए ।
यसअघि नेप्सेमा सूचीकृत २ दर्जन बढी कम्पनीले लाभांश नदिने घोषणा गरिसकेका छन् ।