काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको पुस ३ गते बसेको बैठकले सेयरधनीलाई करसहित ६.४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।