काठमाडौं । अष्ट्रेलियाका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आइपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।
मंगलबार यूएईको दुबईमा भएको मिनी अक्शन उनलाई सनराइज हैदरावादले २०.५० करोड भारुमा अनुबन्धित गरेको हो । यो आइपीएल इतिहासमा कुनै पनि खेलाडीले पाएको सर्वाधिक रकम हो ।
यसअघि गत वर्ष इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करनलाई पन्जाब किङ्ग्सले १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।
प्याटले आफ्नो कम्तानीमा गत महिना सम्पन्न एकदिवसीय विश्वकपमा अस्ट्रेलियाई उपाधि जिताएका थिए । आज भएको अक्सनमा उनलाई सुरुमा सुरुमा चेन्नई सुपर किङ्सले मूल्य २ करोडको बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले ४.५ करोड, चेन्नइले ४.८ करोड र रोयल च्यालेन्जर्स बैंग्लोरले ५ करोडको बोली लगाएको थियो ।
त्यसपछि बैंग्लोर र चन्नईले ७.४ करोड, फेरि बैंग्लोरले ७.८० करोडको बोलि लगाएको थियो । त्यपछि चलेको दौडमा सबैलाई पछि पार्दै सनराइज हैदरबादले २०.५० करोडमा उनलाई अनुबन्ध गरेको हो ।