प्राइम कमर्सियल बैंकले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

यसअघि कुमारी र एनएमबी बैंकले पनि गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका थिए ।

आइपीओ जारी गरेकै वर्ष हाथवे इन्भेष्टमेन्टको लाभांश, बुकक्लोज कहिले ? Read Previous

आइपीओ जारी गरेकै वर्ष हाथवे इन्भेष्टमेन्टको लाभांश, बुकक्लोज कहिले ?

काभ्रेपलाञ्चोकबाट हेटौंडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरू Read Next

काभ्रेपलाञ्चोकबाट हेटौंडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरू