काठमाडौं । हाथवे इन्भेष्टमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस २ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २६ गते १५ औं वार्षिक साधरण सभा बोलाएको छ । सो सभा लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले यसै वर्ष मात्र आइपीओ जारी गरेको थियो ।