चुक्ता पूँजी पुर्‍याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनी संचालक समितिको पुस १ गते बसेको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीले यसको १७ प्रतिशत अर्थात् ७३ करोड रुपैयाँ बढीको हकप्रद निष्काशनपछि चुक्ता पूँजी ५ अर्ब पुर्याउने भएको हो ।

प्रस्तावित हकप्रद नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ ।

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

स्ट्याण्डर्ड चार्टर्डलाई उछिन्दै एभरेष्ट बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक Read Next

स्ट्याण्डर्ड चार्टर्डलाई उछिन्दै एभरेष्ट बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक