स्ट्याण्डर्ड चार्टर्डलाई उछिन्दै एभरेष्ट बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक

काठमाडौं । एभरेष्ट बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई उछिन्दै एभरेष्ट सर्वाधिक महँगो सेयर मूल्य हुने बैंक बनेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार (११:१० बजेसम्म) एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६.७० रुपैयाँ बढेर ५२९ रुपैयाँ पुगेको छ । यसै समयमा चार्टर्डको सेयर मूल्य प्रतिकित्ता ५१८ रुपैयाँमा करोबार भइरहेको छ ।

सर्वोच्च अदालतको फैसलापछि चार्टर्डले एफपीओ जारी गर्दा प्राप्त प्रिमियमको करबापत ९१ करोड रुपैयाँ तिर्नुपरेपछि आइतबार चार्टर्डको मूल्य प्रतिकित्ता १० रुपैयाँले घटेको थियो ।

चार्टर्ड र एभरेष्ट दुवै विदेशी लगानीका बैंक हुन् ।पछिल्लो समय दुवै बैंकको वित्तीय सूचकहरुमा सुधार आइरहेको छ भने सेयर मूल्य पनि लगातार उकालो लागिरहेको छ ।

चार्टर्ड गत महिना मात्रै नबिल बैंकलाई पछिपार्दै सर्वाधिक महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको थियो । विगतका वर्षहरूमा बम्पर लाभांश दिँदै आएको नबिलले यसपटक इतिहासकै कम ११ प्रतिशत मात्रै लाभांश दिएपछि त्यसयता सेयर मूल्य ओरालो लागिरहेको छ ।

 

चुक्ता पूँजी पुर्‍याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर जारी गर्ने Read Previous

चुक्ता पूँजी पुर्‍याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर जारी गर्ने

विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च Read Next

विश्वभर आणविक ऊर्जाको प्रयोग बढ्दै, युरेनियमको मूल्य १७ वर्षयताकै उच्च