सुर्तीजन्य पदार्थ बिक्री वितरण नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्धय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म सूर्तिजन्य पद्धार्थको बिक्री वितरणमा रोक नलगाउन काठमाडौं महानगरलाई आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि सूर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको थियो । महानगरको सो निर्णय विरुद्ध श्रीराम टोवागो उद्योगले मुद्दा दायर गरेको थियो । सो रिटमा सुनुवाइ गर्दै अदालतले मुद्दाको टुंगो नलागेसम्म प्रतिबन्धको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

‘सुविधा सन्तुलिन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा १२ मंसिर २०८० मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।

 

बैंकबाट ऋण लिएर सेयर किन्ने बढे, ४ महिनामा लिए ५ अर्ब ऋण Read Previous

बैंकबाट ऋण लिएर सेयर किन्ने बढे, ४ महिनामा लिए ५ अर्ब ऋण

सोह्रौं योजनाको अन्त्यसम्म जीडीपी ८० खर्बभन्दा माथि पुर्‍याइने Read Next

सोह्रौं योजनाको अन्त्यसम्म जीडीपी ८० खर्बभन्दा माथि पुर्‍याइने