भन्सार छलेर ल्याएको ३२ लाखको अवैध सामान बरामद

जानकी । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे १ च २३५७ नं. को ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, रु १ लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् ।

ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडीबीले साढे १६ अर्ब उपलब्ध गराउने Read Previous

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडीबीले साढे १६ अर्ब उपलब्ध गराउने

मुग्लिन-पोखरा सडक धमाधम कालोपत्र हुँदै, १२.५  किमीमा एकतर्फी सकियो Read Next

मुग्लिन-पोखरा सडक धमाधम कालोपत्र हुँदै, १२.५ किमीमा एकतर्फी सकियो