कुमारी बैंकले एक सातामै दुई पटक घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले फेरि निक्षेपको ब्याजदर घटाएको छ । गत शनिबार मात्रै निक्षेपको ब्याजदर घटाएको कुमारीले एक साता नबित्दै फेरि आज ब्याजदर घटाएको हो ।

कुमारीले घटाएको ब्याजदर पुस १ गतेदेखि लागू हुनेछ । बैंकले अब व्यक्तिगत मुद्दतीमा न्यूनतम ७.७५ प्रतिशत र ५ वर्ष माथिको मुद्दतीमा ९.३१ प्रतिशत ब्याजदर दिने भएको छ ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा १ वर्षभन्दा कम अवधिकोमा ६.७५ प्रतिशत र १ वर्ष बढीकोमा ७.३१ प्रतिशत ब्इाजद दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू घटाएसँगै कुमारीले गत शनिबार निक्षेपको ब्याजदर १०.०१ प्रतिशतबाट घटाएर ९.६१ प्रतिशतमा झारेको थियो । यस्तै, बैंकले (फोन लोन र क्रेडिट कार्ड बाहेक) सबै कर्जामा ३.५ प्रतिशत मात्रै प्रिमियम जोडेर ऋण दिने जनाएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएको र राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाएकाले बैंकहरूले धमाधम ब्याजदर घटाउन थालेका छन् ।

कुमारी बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने Read Previous

कुमारी बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडीबीले साढे १६ अर्ब उपलब्ध गराउने Read Next

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडीबीले साढे १६ अर्ब उपलब्ध गराउने