कुमारी बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको मंसिर २८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत वर्ष करसहित १२.५ प्रतिशत नगद गरी लाभांश दिएको थियो भने त्यअघिका वर्षहरुमा पनि कम्तीमा ८ प्रतिशत माथि लाभांश दिँदै आएको थियो ।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

श्रीलंका बन्ने त्रासबाट रेकर्ड बनाउँदै विदेशी मुद्रा संचिति, यस कारण बढ्यो Read Previous

श्रीलंका बन्ने त्रासबाट रेकर्ड बनाउँदै विदेशी मुद्रा संचिति, यस कारण बढ्यो

कुमारी बैंकले एक सातामै दुई पटक घटायो ब्याजदर Read Next

कुमारी बैंकले एक सातामै दुई पटक घटायो ब्याजदर