विदेश जाने घटे पनि रेमिट्यान्स आप्रवाह २६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको चार महिना (कात्तिक)सम्मको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार चालु वर्षको कात्तिक मसान्तसम्म कुल ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । औसतमा चालु वर्षमा हरेक महिना १ खर्ब १९ अर्ब विप्रेषण नेपाल भित्रिएको छ ।

चालु आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा घटे पनि अघिल्लो वर्षमा ७ लाख बढी विदेशिएकाले रेमिट्यान्स आप्रवाह बढेको हो । साथै, वैधानिक तवरबाटै विप्रेषण भित्रने क्रम पनि बढेकाले आप्रवाहमा सुधार देखिएको हो ।

विदेश जाने घटे

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने २८ प्रतिशतले घटेको छ । गत वर्ष कात्तिकसम्म २ लाख ८४ हजार बढी विदेशिएकामा चालु वर्षमा घटेर २ लाख ५ हजारमा सीमित भएका छन् ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेकोथियो ।

डलर संचिति ३ वर्ष यताकै धेरै, विदेशी मुद्रा संचिति झन्डै १७ खर्ब Read Previous

डलर संचिति ३ वर्ष यताकै धेरै, विदेशी मुद्रा संचिति झन्डै १७ खर्ब

क्रमशः लयमा फर्किँदै अर्थतन्त्र, यस्ता छन् सुधारको संकेत देखाउने १० सूचक Read Next

क्रमशः लयमा फर्किँदै अर्थतन्त्र, यस्ता छन् सुधारको संकेत देखाउने १० सूचक