कुमारी बैंकले प्रिमियम पनि घटायो, अब अधिकतम ३.५% जोडेर ऋण दिने

काठमाडौं । कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने भएको छ । बैंकले अंग्रेजी नयाँ वर्ष (आगामी पुस १६ गते)देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशतमा झार्ने भएको हो ।

यसअघि बैंकले कर्जाको प्रकृति अनुसार ५ प्रतिशतसम्म प्रिमियम लिँदै आएको थियो । बैंकका अनुसार घटाएको प्रिमियमदर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरुमा लागू हुने जनाएको छ । अर्थात् अब कुमारी बैंकबाट ऋण लिँदा बेसरेटमा ३.५ प्रतिशत प्रिमियम जोडर (फोन लोन र क्रेडिटकार्ड बाहेक)मा ऋण पाइने छ ।

आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरिएको बैंकले जनाएको छ । बैंकले हालै निक्षेपको ब्इाजदर पनि घटाएको छ ।

बैंकले हाल ३०९ शाखा कार्यालय, ३२० एटीएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साना किसान लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो Read Previous

साना किसान लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री Read Next

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री