साना किसान लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले लाभांश संशोधन गरेको हो । यसअघि प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत नगरेपछि लघुवित्तले लाभांश ५ प्रतिशत घटाएको छ ।

लघुवित्तले अब सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर तिर्न ०.७५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश दिने भएको छ । यसअघि मंसिर २४ गते बसेको लघुवित्त संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर, खेतीयाेग्य जमिन मासिँदै Read Previous

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर, खेतीयाेग्य जमिन मासिँदै

कुमारी बैंकले प्रिमियम पनि घटायो, अब अधिकतम ३.५% जोडेर ऋण दिने Read Next

कुमारी बैंकले प्रिमियम पनि घटायो, अब अधिकतम ३.५% जोडेर ऋण दिने