काठमाडौं-ल्हासा सिधा उडान गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । पछिल्लो समय धमाधम गन्तव्य विस्तार गरिरहेको हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको स्वशासित क्षेत्र ल्हासामा सिधा उडान गर्ने भएको छ ।

एयरलाइन्सले सो रुटमा डिसेम्बर २८ (पुस १२ गतेदेखि) व्यावसायिक उडान गर्ने भएको हो । गत सातादेखि चीनको साङ्घाई सहरमा सिधा उडान भरेको हिमालयले अब दुई सातापछि ल्हासा उडान गर्ने भएको हो ।

हिमालयनको यो चीनमा चौथो गन्तव्य हो । यसअघि चिङताओ, बेइजिङ र सांघाइमा नियमित उडान गरिरहेको छ ।

हिमालयनले हाल चीन, मलेसिया, यूएई, साउदी अरेबिया, कतार, कुवेत, बंगलादेश लगायत गन्तव्यमा नियमित उडान गर्दै आइरहेको छ ।

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह Read Previous

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

नेप्सेमा उच्च अंकको वृद्धि, लगातार ४ अर्ब माथिको कारोबार Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, लगातार ४ अर्ब माथिको कारोबार