काठमाडौं । शौर्य सिमेन्टले आयोजना गरेको मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।
‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ मधेश प्रदेशमा आयोजना गरिएको उक्त प्रतियोगितामा १५० बढी आवेदन परेको थियो । जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनोट गरिएको आयोजकले जनाएको छ ।
छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसर स्थित हलमा क्यानभासमा दिइएको विषय वस्तु अनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनोट गरिने छ । जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ ।
तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गते सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, द्धित्तीय हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र बाँकी १२ जनालाइ ५/५ हजार नगद प्रदान गरिने छ ।
उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरी का सुनैना ठाकुर रहेका छन् । आफनो समाजिक उतरदायित्व अन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रीजले गरेको यो कार्यक्रमको चौतर्फी प्रसंशा भइरहेको छ ।