एकैदिन ३ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप ३ लघुवित्तले लाभांश घोषणा गरेका छन् । साेमबार ग्लोबल आइएमई, समता घरेलु र आत्मर्निभर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

तीनै लघुवित्त संचालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । जसमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

त्यसैगरी, समता घरेलुले ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८५४ प्रतिशत नगद गरी कुल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, आत्मर्निभर लघुवित्तले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित संस्थाको वार्षिक साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

ऋणीप्रति राष्ट्र बैंक नरम, ऋण नतिर्नेको मनोवल बढ्ने बैंकरको चिन्ता Read Previous

ऋणीप्रति राष्ट्र बैंक नरम, ऋण नतिर्नेको मनोवल बढ्ने बैंकरको चिन्ता

सेयर बजारमा तीव्र उतरचढाव, बेच्ने र किन्ने बीच चर्काे बार्गेनिङ Read Next

सेयर बजारमा तीव्र उतरचढाव, बेच्ने र किन्ने बीच चर्काे बार्गेनिङ