काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । सोमबार प्रिसेसनमै २५ अंकले बढेको नेप्से बजार खुलेको ५ मिनेटमै २८ अंकले घटेको छ । ११ः०५ मिनेटमै नेप्सेमा ५३ अंकको उतरचढाव आएको छ ।
आइतबार तीनपटक सर्किट ब्रेक लागेर १११ अंकले बढेको नेप्सेमा आज पनि खरिदकर्ताको चाप देखिएको छ । गत शुक्तबार नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर र सेयर धितो कर्जाको जोखिमभार घटाएपछि लगानीकर्ता उत्साहित भएका छन् । जसले नेप्सेमा ठूलो अंकको छलाङ आएको हो ।
ब्याजदर घट्ने र प्रणालीमा पर्याप्त तरलता रहेकाले आगामी दिनमा सेयर बजारले लय समात्ने लगानीकर्ताको अपेक्षा छ । त्यसैले बिक्रीकर्ताभन्दा खरिद कर्ता हाबी हुन थालेका हुन् । सोमबार कारोबार खुलेको १५ मिनेटमै नेप्से १ अर्ब बढीको सेयर किनबेच भइसकेको छ । जबकि गतसातासम्म दैनिक औसतमा १ अर्ब हाराहारी कारोबार हुँदै आएको थियो ।