सेयर बजारमा उछाल आएपछि २० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजार २० मिनेटका लागि बन्द भएको छ ।

बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत (पोजेटिभ सर्किट)ले बढेपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ब्याजदर घट्ने व्यवस्था र सेयर कर्जाको जोखिम भार समेत घटाएपछि लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको हो ।

नेप्से परिसूचक बजार खुलेको ५ मिनेटमै ७४.२० अंकले बढेर १९२६.९८ विन्दुमा पुगेको छ । यस अवधिमा साढे १६ करोड बढीको कारोबार भएको छ ।

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

 

आइसीएफसी फाइनान्सले घटायो लाभांश, नगद मात्र दिने Read Previous

आइसीएफसी फाइनान्सले घटायो लाभांश, नगद मात्र दिने

२० मिनेट बन्द भएर खुलेको नेप्से फेरि २ मिनेटमै बन्द Read Next

२० मिनेट बन्द भएर खुलेको नेप्से फेरि २ मिनेटमै बन्द