काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
फाइनान्स संचालक समितिको मंसिर २२ गते बसेको बैठकले सेयरधनीलाई करसहित ६.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
फाइनान्सले यस वर्ष घोषणा गरेको लाभांश अघिल्लो वर्षको तुलनामा ३.५ प्रतिशत बिन्दुले कम हो । अघिल्लो आवमा फाइनान्सले १० प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।