साना किसान लघुवित्तले घोषणा गर्‍यो ९ वर्ष यताकै कम लाभांश

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समितिको मंसिर २४गते बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले घोषणा गरेको यो लाभांश ९ वर्ष यताकै कम हो । यसअघि लुवित्तले आव २०७०/७१ मा १५.७८ प्रतिशत लाभांश दिएको थियो । त्यसयता लघुवित्तले हरेक वर्ष कम्तीमा २६ प्रतिशत लाभांश दिँदै आएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

वैद्यज् अर्गनाइजेशनको ६० वर्ष : टोयोटा, हुवासिन हुँदै लग्जरी रिसोर्टसम्म Read Previous

वैद्यज् अर्गनाइजेशनको ६० वर्ष : टोयोटा, हुवासिन हुँदै लग्जरी रिसोर्टसम्म

आइसीएफसी फाइनान्सले घटायो लाभांश, नगद मात्र दिने Read Next

आइसीएफसी फाइनान्सले घटायो लाभांश, नगद मात्र दिने