काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनआइसी एशिया लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर २५ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
एनआइसी एशिया लघुवित्तले गत वर्षको नाफाबाट करसहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस ६ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा गोर्खा होटल चतरा लाइन, धरान सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ ।
त्यसैगरी, नेपाल हाइड्रोले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस १२ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।