राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर, ब्याजदर घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक समीक्षा मार्फत नीतिगत र बैंकदर हेरफेर गरेको हो ।

राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी नीतिगत दर घटाएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाइएको छ । यसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।

आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने केन्द्रिय बैंकले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षा : घट्यो रियल स्टेट र सेयर धितो कर्जाको जोखिमभार Read Previous

मौद्रिक नीतिको समीक्षा : घट्यो रियल स्टेट र सेयर धितो कर्जाको जोखिमभार

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने राष्ट्र बैंकको प्रयास, मौद्रिक समीक्षाका मुख्य ९ व्यवस्था Read Next

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने राष्ट्र बैंकको प्रयास, मौद्रिक समीक्षाका मुख्य ९ व्यवस्था