मौद्रिक नीतिको समीक्षा : घट्यो रियल स्टेट र सेयर धितो कर्जाको जोखिमभार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा मार्फत घरजग्गा र सेयर धितो कर्जामा खुकुलो नीति लिएको छ ।

राष्ट्र बैंक रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार घटाएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ,’ मौद्रिक समीक्षामा भनिएको छ ।

यसअघि ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत कायम गरिएको थियो ।

यसैगरी, राष्ट्र बैंकले ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ ।

त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ Read Previous

त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ

राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर, ब्याजदर घट्ने Read Next

राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर, ब्याजदर घट्ने