काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनी बनेसँगै कम्पनीले नाम परिवर्तन गरेर ‘राष्ट्रिय जीवन बीमा कम्पनी’ बनाएको हो ।
नेपाल बीमा प्राधिकरणले कम्पनीलाई पब्लिकमा परिवर्तन भएको प्रमाणपत्र दिएको छ । पब्लिकमा रुपान्तरण भएसँगै अब कम्पनीले सर्वासाधरणका लागि सेयर जारी गर्नुपर्नेछ ।
बीमा ऐनको दफा ४४ बमोजिम कम्पनीले अब एक वर्षभित्र आफ्नो कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्था छ ।
यस्तै, प्राधिकरण तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब कायम गर्नुपर्नेछ । हाल २ अर्ब २ करोड रहेको पूँजी रहेको कम्पनीले अब थप २ अर्ब ९८ करोड पूँजी बढाउनुपर्नेछ ।
