न्यूरोडमा अवैध सुन गाल्ने कारखानामा प्रहरीको छापा, सुनसहित एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गरे । उनले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको जानकारी दिए ।

सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन । बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए। अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऋण मिनाह भनेको बचतकर्ता सकिनु हो, सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री Read Previous

ऋण मिनाह भनेको बचतकर्ता सकिनु हो, सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री

राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण, अब आइपीओ ल्याउने Read Next

राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा रुपान्तरण, अब आइपीओ ल्याउने