काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ)मा एकाधिकार तोडिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रतिस्पर्धाबाट ग्राउन्ड ह्याण्डलिङ दिने निर्णय गरेको हो । प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।
यससँगै अब त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट हुनेछ । अहिलेसम्म ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार थियो ।
झन्डै आधा खर्ब ऋणमा रहेको निगमले गउन्ड ह्याण्डलिङबाट राम्रो कमाइ गर्दै आएको छ ।