ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर ११ गतेदेखि तीन नयाँ शाखा संचालनमा ल्याएको छ । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।

 

बैंकले डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, दोलखाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवास्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

पर्यटकीय सिजन शुरु, बढेको भिसा शुल्कले पर्यटकको आगमनमा कस्तो पार्ला प्रभाव Read Previous

पर्यटकीय सिजन शुरु, बढेको भिसा शुल्कले पर्यटकको आगमनमा कस्तो पार्ला प्रभाव

भूमाफियाले जग्गा हडप्दा नलगाड जलविद्युत्को मुआब्जा वितरणमा समस्या Read Next

भूमाफियाले जग्गा हडप्दा नलगाड जलविद्युत्को मुआब्जा वितरणमा समस्या